नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ठूलाछापमा निशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर हुने

ओखलढुङ्गान्युज, मंशिर जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. २ ठूलाछाप निशंखेमा दुई दिने निशुल्क मुटुरोग सम्बन्धिको स्वास्थ्य परीक्षण शिविर हुने भएको छ । मंशिर १० र ११ गते दुईदिने निशुल्क मुटुरोग सम्बन्धिको स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्न लागिएको सिद्धिचरण नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बशन्त कटवालले जानकारी दिए ।

दुई दिन हुने मुटुको स्वास्थ्य परीक्षण शिविरमा विशेष गरेर वडा भित्र रहेका ६ ओटा विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरिएको छ । मुटुको समस्या वा अन्य शारीरिक समस्याका कारणले पनि बालबच्चाहरुको शारीरिक, मानसिक बृद्धि विकाससँगै शैक्षिक गुणस्तरमा समेत प्रत्यक्ष सम्बन्ध राख्ने भएकोले पल्मोनरी हाइपरटेन्स एशोसिएसन नेपालको सहयोगमा वडा नं. २ को वडा कार्यालयले शिविर सञ्चालन गर्न लागेको वडा अध्यक्ष बशन्त कटवालले जानकारी दिए ।

वडा अध्यक्ष कटवालका अनुसार दुईदिन सम्म सञ्चालन हुने मुटुको स्वास्थ्य परीक्षण शिबिरमा पल्मोनरी हाइपरटेन्स एशोसिएसन नेपालका अध्यक्ष सम्झना खनाल सहित वरिष्ठ चिकित्सक डा. माधवी पन्त, डा. रोशन खतिवडा, डा. अमितकुमार खतिवडा, डा. सिद्दान्त अधिकारी, डा. जर्जभुसजंग कटवाल, डा. इलिसा (इटली), हेल्थ असिस्टेन्ट प्रविण घिमिरेको टोली ठुलाछाप आयदै गरेको वडा अध्यक्ष कटवालले जानकारी दिए ।

मुटु परीक्षण शिबिरमा १ हजार भन्दा बढीलाई सेवा दिने लक्ष्यका साथ सिद्धिचरण नगरपालिका वडा नं. २ को वडा कार्यालयले शिबिरको आयोजना गरेको हो । मुटु परीक्षण शिविर विशेष गरि विद्यार्थीलाई लक्षित गरिएको भएपनि शिविरमा स्वास्थ्य परीक्षणका लागि आउने अन्यलाई पनि सेवा दिने लक्ष्य रहेको वडा अध्यक्ष कटवालले जानकारी दिए ।