नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गामा रचना र उर्गेनले मच्चाए धुम

ओखलढुङ्गान्युज, १३ बैशाख । बुधबार दोस्रो ओखलढुङ्गा महोत्सवको आठौँ दिन । आठौं दिनको दिन उपस्थित भएका राष्ट्रिय कलाकारहरुले महोत्सवमा उपस्थित भएका दर्शकहरुलाइ मैदानमा धुलो उड्नेगरि नचाए ।

बुधबार झन्डै तिन हजार दर्शकले भरिएको महोत्सव स्थलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ओखलढुङ्गाका अध्यक्ष एवम् चर्चित गायक बालकुमार श्रेष्ठको उत्कृष्ट सुरुवात संगै स्टेजमा अन्य राष्ट्रिय कलाकारहरुको प्रवेश भएको थियो । स्टेज प्रवेशसँगै चर्चित गायक उर्गेन दोङले ‘हाम्रो माया.., लजालु आँखाले, .. दिनहरु गन्दै‘, लगायतका आधा दर्जन बढी गीत स्टेजबाट प्रस्तुत गरेका थिए ।

उर्गेन दोङको प्रस्तुति पश्चात चर्चित गायक रचना रिमालले उपस्थित दर्शकहरुलाई तताएनन् मात्र । रिमालले दर्शकलाई नचाएपनि । स्टेजबाट रिमालले ‘फोटो फिरीममा….., उनको माया पहिलो हो कि मेरो माया…., तिम्रो घरमा मेरो छोरी चलेन….., सुनन पियारी…, मिनरल वाटर….’, जस्ता आधा दर्जन बढी चर्चित गितहरु गाएर दर्शकहरुलाई नचाएकी थिइन् ।

आठौं दिनको महोत्सवमा चर्चित लोकदोहोरी गायक सिद्धार्थ आले मगर, रमेश श्रेष्ठ मेलोडी, विश्वराम कार्की लगायत कलाकारहरूले पनि प्रस्तुति दिएका थिए ।

महोत्सवको नवौं दिन बैशाख १३ गते (आज) सांगितिक प्रस्तुतीका लागि ओखलढुङ्गामा ज्योति मगर, कुमार कार्की, डान्सर तथा मोडल एलिना रायमाझी, कमेडियन गायक प्रताप हुमागाईं, चर्चित लोकदोहोरी गायक बाल कुमार श्रेष्ठ लगायत कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

बैशाख ५ गते देखी सुरुवात भएको दोश्रो ओखलढुङ्गा महोत्सव बैशाख १५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको ओखलढुङ्गा जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा एआइके ग्रुपको सहआयोजनामा सञ्चालन भैरहेको हो ।

https://www.facebook.com/share/v/3A49UjBCrZWt36Q9/?mibextid=oFDknk