नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

इलाम उपनिर्वाचनमा कांग्रेसका खड्कालाई अग्रता 

ओखलढुङ्गान्युज, १६ बैशाख । बैशाख १५ मा इलाममा भएको उप निर्वाचनको प्रारम्भीक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका छन् ।

कांग्रेसकम उमेद्वार खड्काले १ हजार १ सय ४५ मतका साथ अग्रता लिएका छन् । कांग्रेस उम्मेद्वार खड्कालाई एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पछ्याएका छन् । नेम्वाङले १ हजार ६३ मत प्राप्त गरेका छन् । 

त्यस्तै शनिबार भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बूले १८७ मत पाएका छन् भने रास्वपाका मिलन योङहाङ लिम्बूले १ सय १५ मत पाएका छन् । 

मतगणना फाकफोक थुम गाउँपालिकाको वडा नं. १ र २ को मत गणना सकिएको हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा वडा नं. १ मा कांग्रेसका उम्मेदवार कर्ण बहादुर लिम्वूले ८ सय ४ मत ल्याउँदा एमालेका बेगबहादुर निरौलाले ४ सय ७७ मत ल्याएका थिए । माओवादीका भोजबहादुर बोहराले २ सय २६ मत ल्याएका थिए । वडा नं. २ मा पनि काँग्रेसका यमबहादुर खत्री पौडेलले ७ सय १४ मत ल्याउँदा एमालेका देउकुमार राईले ७‌ सय ७ मत ल्याएका थिए ।