भोटेकोशी बाढीमा परेका हालसम्म १४४९ को शब फेला
ओखलढुङ्गान्युज, ४ असोज काठमाण्डौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदिमा आएको भिषण बाढीमा परि ज्यान गुमाएका मध्ये आईतबारसम्म १ हजार ४ सय ४९ जनाको शब फेला परेको छ । आईतबार अपरान्हसम्ममा उक्त संख्यामा शब फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
आईतबार अपरान्हसम्ममा रसुवामा २३६, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६७, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी जम्मा १ हजार ४४९ शव फेला परेका हुन् । फेला परेका शव मध्ये पहिचान भएका शब मृतकका आफन्तलाई बुझाईएको तथा बाँकी शब पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गरी हालसम्म १ हजार २९२ शव व्यवस्थापन गरिएको नेपाल प्रहरीले जनाएको छ ।
भिषण बाढीमा परेर ज्यान गुमाएकाको शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डिएनए नमूना सङ्कलन गरिएको तथा पहिचान नभएको १ हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ । बाढीमा परि बेपत्ता भएका ४ हजार ६५५ जनाको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

