नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको डिनमा डा. श्रेष्ठ  नियुक्त

ओखलढुङ्गान्युज, मंशिर पूर्वाञ्चल विश्वविद्यालय व्यबस्थापन संकायको डिनमा डा. सन्देशदास श्रेष्ठ नियुक्त भएका छन् । व्यबस्थापन संकायको डिनमा नियुक्त भएसँगै डा. श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणगर्दै डा. श्रेष्ठले पूर्वाञ्चल विश्वविद्यालयको शाखलाई आफ्नो पालमा बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वविद्यालयको गरिमालाई उच्च बनाउने तथा विश्वविद्यालयको उन्नयनका लागि समय सापेक्ष अनुसार पाठ्यक्रमको विकास गरिने समेत डा. श्रेष्ठले प्रतिबद्धता जनाए ।

गत शुक्रबार डिनमा नियुक्त भएका सहप्राध्यापक डा. श्रेष्ठलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले पद तथा गोपनियताको सपथ गराएका थिए । नवनियुक्त डा. श्रेष्ठ पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको ७ औं डिन हुन् । डा. श्रेष्ठको पदावधीको अबधी ४ वर्षको रहेको छ ।

वि.स. २०६१ सालदेखि पूर्वाञ्चल विश्वविद्यालयमा निरन्तर प्राध्यापन गराउँदै आएका डा. श्रेष्ठले मार्केटिङ स्ट्रेटेजी प्लानिङमा विद्यावारिधी गरेका छन् ।