नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

११औँ संस्करणको एभरेष्ट ट्रेल रेसको उपाधि सुमन र फुर्वालाई

ओखलढुङ्गान्युज, मंशिर २ । शुक्रबार सम्पन्न भएको ११औँ संस्करणको एभरेष्ट ट्रेल रेसको उपाधि पुरुषतर्फ सुमन कुलुङ राई र महिलातर्फ फुर्वा शेर्पाले जितेका छन् । ६ दिनसम्म चलेको प्रतियोगितामा निर्धारित दुरी पारगर्दै उपाधी नेपालको सहभागीता जनाएका सोलुखुम्बुका सुमन र फुर्वाले जितेका हुन् ।

छ दिनसम्म चलेको १ सय ७५ किलोमिटर दूरी रहेको टे«लरेस पुरुष तर्फ सुमन कुलुङ राईले २० घण्टा ५६ मिनेट २३ सेकेण्डमा पूरा गरे । महिलातर्फ फुर्वा शेर्पाले २७ घण्टा १७ मिनेट ३७ सेकेण्डमा पूरा गरिन् । शुक्रबार अन्तिम दिनको त्याङ्बोचेबाट लुक्लासम्मको दूरी सुमनले ३ घण्टा १० मिनेट र फुर्वाले चार घण्टा १ मिनेटमा पूरा गरे । सोलुखुम्बुको पत्ताले धापबाट शुरु भएको ट्रेलरेस पिके डाँडा, जुनबेँसी, थुप्तेनछोलिङ, रिङ्मु, टाक्सिन्दु, खरीखोला, फाक्दिङ, नाम्चे हुँदै फोर्चे पुगेर त्याङबोचे हुँदै लुक्लामा झरेर सकिएको हो ।

प्रतियोगितामा सहभागी १० देशका २९ जना धावकमध्ये १० जना महिला र १९ जना पुरुष थिए । जसमा नेपालका एक महिला र एक पुरुष मात्रै सहभागी थिए । नेपाल पर्यटन वर्ष सन् २०११ देखि सुरु भएको एभरेष्ट ट्रेल रेस प्रतियोगिता अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपिडिसन र स्पेनको ग्रन्स स्पाइस नामक कम्पनीले संयुक्त रुपमा आयोजना गर्दै आएका छन् ।

ट्रेलरेसका विजेताहरुलाई आईतबार काठमाण्डौं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले नगद पुरस्कार, ट्रफि तथा सहभागीताको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले जानकारी दिए ।