नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

११ औं संस्करणको एभरेष्ट ट्रेल रेस आज सकिदै

ओखलढुङ्गान्युज, मंशिर १ । आईतबारबाट सोलुखुम्बुमा ११ औं संस्करणको एभरेष्ट ट्रेल रेस प्रतियोगिता आज सकिदै छ । एभरेष्ट ट्रेल रेसमा सबै सहभागी प्रतियोगीहरुले सफलता पूर्वक आफ्नो दूरी पूरा गरेका छन् ।

ट्रेल रेसको पाचौं दिन सकिदा पुरुष तर्फ नेपालका राई सुमन के (३०) ले पाँचौं दिनसम्मको दूरी १७ घण्टा ४५ मिनेट, २९ सेकेण्ड ७० मिलिसेकण्डमा पुरा गरेका छन् । उनले पाँचौं दिनको निर्धारित दुरी ३ घण्टा ३५ मिनेट ३४ सेकण्ड ४० मिलिसेकेण्डमा दुरी पार गरेका थिए । पुरुष तर्फ नै स्पेनका ओलेन मार्क (३३) दोश्रो र मोरालेस गेरार्ड (३) तेश्रो नम्बरमा रहेका छन् ।

त्यस्तै महिला तर्फ पनि नेपाल कै शेर्पा फुर्वा एल (३१) २३ घण्टा १६ मिनेट ११ सेकण्ड ९० मिलिसेकेण्डमा पाँचौं दिनसम्मको दुरी पार गर्दै प्रथम स्थानमा नै रहेका छन् । महिला तर्फ नै स्पेनका मार्टिन सोनिया (२७) दोश्रो स्थानमा रहेकी छन् भने स्पेन कै डोमिन्गुएज नुरीया (२) तेश्रो स्थानमा रहेकी छन् ।

त्यसैगरि भेट्रान्स (५०–६३) उमेर समूह तर्फ पनि स्पेनका मोरालेस गेरार्ड (३) १९ घण्टा ३६ मिनेट १० सेकेण्ड ९० मिलिसेकेण्डका साथ अग्र स्थानमा रहेका छन् । दोश्रो र तेश्रो स्थानमा पोर्चुगलका सोउसा फ्रान्सिस्को ए (२०) र डोरिया फ्रेडेरिको (२१) रहेका छन् ।

नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेस्ट ट्रेल रेसको नयाँ संस्करण सञ्चालन गरिएको आयोजक अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिशन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले जानकारी दिए । सोलुखुम्बुको पत्ताले धापबाट शुरु भएको दौड पिके डाँडा, जुनबेसी, थुप्तेनछोलिङ, रिङमु, टाक्सिन्दु, खरीखोला, फाक्दिङ, नाम्चे हुँदै फोर्चे पुगेर खुम्जुङ हुँदै नाम्चेबाट लुक्लामा झरेर समापन हुदैछ । टे«ल रेसको दुरी १ सय ७५ किलोमिटरको रहेको छ ।

अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपीडिशन र स्पेनको ग्रन्स स्पाइस नामक कम्पनीले संयुक्त रूपमा ११ औं संस्करणको एभरेस्ट ट्रेल रेस प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगितामा प्रथम हुनेले २ लाख, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्ने अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिशन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले जानकारी दिए ।