नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

ओखलढुङ्गामा सम्पन्न स्लो बाईक रेसको उपाधी सुशिल कार्कीलाई

ओखलढुङ्गान्युज, कात्तिक २४ जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ५ बर्णालु सानिटारमा विहिबार सम्पन्न स्लो बाईक रेसको उपाधी मोलुङका सुशिल कार्कीले जितेका छन् । मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवी थापाचौर घर भएका कार्कीले निर्धारित ३० मिटरको दुरी २ मिनेट ३० सेकेण्ड १४ मिलिसेकेण्ड होल्ड गर्दै पार गरेका थिए ।

प्रतियोगितामा विजेता हुदैं कार्कीले नगद रु ८ हजार ८ सय ८८ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै स्लो बाईक रेस प्रतियोगितामा दोलखाका विपुल कार्र्की दोश्रो, सिद्धिचरण नगरपालिकाका ११ का विनोद दयाल तेश्रो तथा लिखु गाउँपालिका ९ पोकलीका सुशील घिमिरेले सान्त्वना स्थान प्राप्त गर्न सफल भए । उनीहरुले पनि क्रमशः नगद रु ४ हजार ४ सय ४४, २ हजार २ सय २२ र १ हजार १ सय ११ का साथमा मेडल र प्रमाणपत्र हात पारे ।

त्यस्तै सानिटारमा नै आयोजना गरिएको १० किलोमिटरको खुला म्याराथनको उपाधी सोलुखुम्बुका पुकार बस्नेतले जितेका छन् । उनले निर्धारित दुरी ३५ मिनेट ३० सेकेण्डमा पुरा गर्दै नगद रु १२ हजार सहित प्रमाणपत्र पाउन सफल बने । त्यस्तै खुला म्याराथन तर्फ नै दुर्गा बक्स गण ओखलढुङ्गाका सुर्य आलेमगर दोश्रो र सिद्धिचरण नगरपालिका वडा नं. ७ विगुटारका सुशान श्रेष्ठ तेश्रो बने । उनीहरुले पनि नगद पुरस्कार क्रमशः ८ हजार, ४ हजारका साथमा मेडल र प्रमाणपत्र पाउन सफल बने ।

दुवै प्रतियोगिताका विजेताहरुलाई सिद्धिचरण नगरपालिकाका प्रमुख मेयर तेजन खनालले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिता सानिटारमा रहेको मदरल्याण्ड तेक्वान्दो डोजाङ संघले आयोजना गरेको हो ।