नेपाली समय Loading...२०८१ जेष्ठ ८ मंगलवार

विद्युतको पोलमा करेन्ट लागेर ओखलढुङ्गामा एक घाइते

ओखलढुङ्गान्युज, १८ बैशाख मंगलबार अपरान्ह विद्युतको पोलमा करेन्ट लागेर एक ब्यक्ति घाईते भएका छन् । घाईते हुनेमा खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११ का २१ बर्षिय प्रविण राई रहेका छन् ।

मंगलबार दिउसो सवा ३ बजेतिर राईलाई करेन्ट लागेको हो । सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारमा सडकको छेउमा रहेको विद्युतको पोलमा चढेर बल्ब जोड्ने क्रममा राईलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेपछि राई पोलबाट सडकमा खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी बलिष्टार सिंहले जानकारी दिए ।

करेन्ट लागेर घाईते भएका राईलाई तत्काल उद्दार गरि उपचारका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको थियो । घाईते राईको हाल जिल्ला अस्पताल रुम्जाटारमा नै उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

करेन्ट लागेर घाईते भएका राई नेपाल विद्युत प्राविधिकरण रुम्जाटारमा कार्यरत कर्मचारी रहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।