नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

एसईईको परीक्षामा समबेश हुन आवेदन खुला

ओखलढुङ्गान्युज, कात्तिक २४ आजबाट राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलाएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन र कक्षा ९ ले आगामी २०८१ सालमा हुने परीक्षामा सहभागी हुन रजिष्ट्रेशन आवेदन फारम भराउनका लागि आज सूचना निकालेको हो ।

परीक्षा बोर्डले सूचना मार्फत कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो । आवेदन आजदेखि मंसिर मसान्तभित्र भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ । आवेदन भर्न ढिलाई भएमा पौष १५ सम्म फारम भर्न सकिने र त्यसकालागि प्रति विद्यार्थी थप १ हजार विलम्ब शुल्क लाग्ने समेत परीक्षा बोर्डले सूचनामा उल्लेख गरेको छ ।

यस्तै, बोर्डले कक्षा ९ मा साधारण, परम्परागत र प्राविधिक धारतर्फ नियमित अध्ययनरत विद्यार्थीका लागि २०८१ सालको नियमित एसईई परीक्षामा समावेश हुनका लागि रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ । रजिष्ट्रेशन फारमका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ । यो फारम भर्ने समयपनि मंशिर मसान्त सम्म म्याद रहेको छ । छुट भएका विद्यार्थीको सन्दर्भमा पनि थप ३ सय विलम्ब शुल्क समाबेश गरी पौष १५ सम्म फारम भर्न सकिने परीक्षा बोर्डको सूचनामा उल्लेख छ ।