नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

जितका लागि नेपालले दियो ओमानलाई १८५ रनको लक्ष

ओखलढुङ्गान्युज, कात्तिक १९ । जारी टी–२० विश्वकप एशिया छनोट क्रिकेट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टि यू क्रिकेट खेलमैदानमा भैरहेको फाईनल खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको थियो ।

पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले अर्धशतक बनाए । कप्तान पौडेलले ३७ बलमा ५२ रन बनाए भने गुलशन झाले २५ बलमा ५४ रन बनाएर आउट भए । करण केसीले ६ बलमा २० रन बनाए ।

यसअघि कुशल मल्ल ३, कुशल भुर्तेल ३१,सन्दिप जोरा १०, आशिफ शेख ६ रन बनाएर आउट भए । उपाधिका लागिटि यू क्रिकेट खेलमैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो ।