नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

ब्याकुल माइला गोल्डकप २०८० को आज फाइनल खेल हुदै

ओखलढुङ्गान्युज, कात्तिक १८ । आज शनिबार ब्याकुल माइला गोल्डकप २०८० को फाइनल खेल हुदैछ । आज हुने फाइनल खेलमा आयोजक दूधकौशिका आवि र हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ खोटाङ भिड्ने भएका छन् ।

शुक्रबार भएको सेमिफाइनलको पहिलो खेलमा हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ खोटाङले मितेरी युवा क्लब हिलेपानी B लाई २-१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

त्यस्तै हिजो नै भएको दोस्रो सेमिफाइनल खेलमा दूधकौशिका आविले रिभोरुङ युवा क्लब माथिल्लो रिचुवालाई ४–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

शनिबार (आज) हुने फाइनल प्रतिस्पर्धामा विजेता हुने टीमले २ लाख २ हजार २ सय २२ रुपैयाँ, उपविजेता हुने टीमले १ लाख १ हजार १ सय ११ रुपैयाँ तथा सेमिफाइनलिस्टले समान २०/२० हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता मूल आयोजक समितिले जनाएको छ ।