नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

ब्याकुल माइला गोल्डकप २०८०: क्वाटरफाइनलका खेल सम्पन्न

ओखलढुङ्गान्युज, कात्तिक १६ । ब्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिता २०८० को छैठौं दिन सकिदा आज क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । छैठौं दिनमा क्वाटरफाइनलका चार खेल सकिएका हुन् ।

क्वाटरफाइनलमा हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ खोटाङले जनजागरण युवा क्लब जाक्मा खोटाङलाई २-० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ । उता दुधकौशीका आधारभूत विद्यालय सोक्माटारले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई २-० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ ।

त्यस्तै रिभोरुङ युवा क्लब B माथिल्लो रिचुवाले मितेरी युवा क्लब हिलेपानी A लाई १-० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ भने मितेरी युवा क्लब हिलेपानी B ले ३-० गोल अन्तरले नव सगरमाथा युवा क्लब हिलेपानीलाई पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ ।

प्रतियोगिताको सातौं दिन शुक्रबार सेमिफाइनलका दुई खेल सञ्चालन हुने आयोजकले जनाएको छ । अब शुक्रबार सेमिफाइनलको पहिलो खेल हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ खोटाङ भर्सेस मितेरी युवा क्लब हिलेपानी B र दोस्रो सेमिफाइनल खेल दुधकौशीका आधारभूत विद्यालय सोक्माटार भर्सेस रिभोरुङ युवा क्लब B माथिल्लो रिचुवा बिच आयोजकले जनाएको छ ।

‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित एकहप्ता देखी जारी प्रतियोगिता आगामी १८ गतेसम्म खेल हुने आयोजकले जनाएको छ । दूधकोशी किनारमा रहेको बालेआम खेलमैदान सोक्माटारमा जारी नवौँ संस्करणको खेलमा भोलि सेमीफाइनल र शनिबार फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।