नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

ओमानसँग ५ रनले हारेको नेपाल समूह उपविजेता

ओखलढुङ्गान्युज, कातिक १६ । कीर्तिरस्थित टीयु क्रिकेट मैदानमा आज विहिवार सम्पन्न खेलमा ओइमानसँग नेपाल ५ रनले पराजीत भएको छ । पराजित भएसँगै नेपाल समूह उपविजेता बनेको छ ।

आज सम्पन्न टी–२० विश्वकप क्रिकेटको छनोट खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा युएईसँगको भेट पक्का गरेको छ । अन्तिम बलमा नेपाललाई जितका लागि ६ रन आवश्यक भएका बेला करण आउट भएपछि ओमान ५ रनले विजयी हुँदै समूह ए को विजेता बनेको हो ।

कीर्तिपरस्थित टीयु मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । विवेक यादवले सुरुवाती तीन बलमा लगातार छक्का हानेर जितको आशा कायम राखेका थिए । तर विवेक चौथो बल र करण केसी अन्तिम बलमा आउट भए ।

नेपालका लागि विवेक यादवले २४ बलमा ५ छक्का सहित ३९ रन बनाए । कुशल भुर्तेलले २६ र करण केसीले १५ रन बनाए । यसैगरी सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले समान १२–१२ रन बनाए । कुशल मल्लले १० रन बनाए । अरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

नेपालले भोलि दोस्रो सेमिफाइनलमा मुलपानी क्रीकेट मैदानमा युएइसँग खेल्नेछ ।