नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

डिजेलमा ५ र पेट्रोलमा ११ रुपैयाले मूल्य घट्यो

फायल तस्वीर

ओखलढुङ्गान्युज, असोज २८ केहिदिन अगाडी नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य चर्को बढाएको भनेर विरोध भैरहदा आजवाट भने पेट्रोलियम पद्धार्थको मूल्य घटाएको छ । हिन्दूहरुको महान चाड नजिकिएसँगै नागरिकहरुलाई राहत हुनेगरि आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको हो ।

आईतबार राति १२ बजे पश्चात लागू हुने गरी आयल निगमले डिजेलमा प्रतिलिटर ५ रुपैया र पेट्रोलमा प्रतिलिटर ११ रुपैयाले मूल्य घटाएको हो । घटाएको मूल्य अनुसार अब उपभोक्ताले काठमाण्डौं उपत्यकामा पेट्रोलको प्रतिलिटर १७३ रुपैँया र डिजेलको प्रतिलिटर १६८ रुपैयामा पाउने छन् ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ । यस अगाडी निगमले बढाएको मूल्यमा चाडबाडको समयमा मूल्य बढाएको भन्दै चर्को दबाबका साथ सरकारको आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा आयल निगमले बढाएको मूल्यलाई खारेज गर्दै साविकको मूल्यलाई कायम गरेको थियो । डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटेपनि खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।