नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

ओखलढुङ्गान्युज, असोज ५ । पर्यटकिय मौसम सुरु भएसँगै विश्वको सर्बोच्च शिखर सगरमाथा रहेको जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । पर्यटकको आगमनले चहलपहल बढेसँगै यस क्षेत्रका व्यबसायीहरु उत्साहित बनेका छन् ।

प्रत्येक बर्ष भदौ महिनाको अन्तिम देखी कात्तिक महिना सम्मको समयलाई पर्यटकिय मौसम मानिन्छ । पछिल्लो समय सिजन लागेसँगै आन्तरिक तथा विदेशी पर्यटकहरुको आगमनको चाप बढ्न लागेकोले आफूहरु उत्साहित बनेको ब्यबसायीहरुले बताएका छन् ।

गत वर्ष यस सिजनमा मौसम प्रतिकूलता हुँदा पर्यटक आवागमनमा कमी आएको थियो । गत वर्ष सिजनमा मौसम प्रतिकुलताका कारण खुम्चिएको व्यबसायले चिन्तित बनेका व्याबसायीहरु यस वर्ष भने मौसम अनुकुल हुदा पर्यटकको चाप बढ्न थालेपछि खुशी बन्न थालेका हुन् । सुरुवाती समयलाई हेर्दा यहि क्रम निरन्तरता भए यस सिजनमा गत बर्षको भन्दा तिनगुणा बढीले पर्यटकहरु आउने सक्ने आकलन रहेको व्याबसायीहरुले बताएका छन् ।

हाल यस क्षेत्रमा दैनिक दुई सय देखी तीनसय जना सम्म पर्यटकहरु खुम्बु क्षेत्रमा भित्रिने गरेका छन् ।