नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

शिक्षा मन्त्रालयले पुरस्कृत गर्ने विद्यालयको नाम सार्वजनिक

ओखलढुङ्गान्युज, असोज २ । शिक्षा दिवस २०८० को अबसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कृत गर्ने विद्यालयहरुको नाम सार्वजनिक गरेको छ । शिक्षा दिवसको अबसरमा पुरस्कृत हुने सामुदायीक, नीजि तथा प्राविधिक शिक्षालय, क्याम्पस तथा संघसंस्थाहरुको नामावली सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, पुरस्कृत हुने राष्ट्रिय शिल्ड तथा नगद पुरस्कार एक लाख देखि तीन लाख रुपियाँसम्म प्राप्त गर्ने छन् । पुरस्कृत हुने विद्यालय, क्याम्पस तथा संघसंस्थाहरुलाई शिक्षा दिवसको अबसर पारेर पुरस्कार वितरण गरिदै छ । पुरस्कृत हुने विद्यालय तथा क्याम्पसहरु निम्न अनुसार रहेका छन् ।

सामुदायीक विद्यालयतर्फ

देशभरका सामुदायिक विद्यालयहरु मध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उतीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा प्रथम भई श्री कमला माध्यमिक विद्यालय, मैनी, दुधौली–११, सिन्धुलीले राष्ट्रिय शिल्ड, ध्वजा र रू ३ लाख नगद पुरस्कारसहित प्रमाणपत्र, दोश्रो भई श्री कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवास, कमलामाई–४, सिन्धुलीले राष्ट्रिय सिल्ड, ध्वजा र रू २ लाख नगद पुरस्कार सहित प्रमाणपत्र तथा तेश्रो हुदै श्री नारायण माध्यमिक विद्यालय, रुमाल गाँउ, कुमाख –२, सल्यानले राष्ट्रियस्तरमा तेश्रो भई राष्ट्रिय सिल्ड, ध्वजा र रू १ लाख नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

निजी लगानीका विद्यालय तर्फः

देशभरका निजी लगानीका (संस्थागत) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा प्रथम भई श्री प्रसादी एकेडेमी माध्यमिक विद्यालय, तफाल्होः, ललितपुर–५, ललितपुर राष्ट्रिय शिल्ड, ध्वजा र रू ३  लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोश्रो भएर श्री सेन्ट जेभियर्स कलेज, माइतिघर, काठमाडौं–४, काठमाडौंले राष्ट्रिय शिल्ड, ध्वजा र रू २ लाख नगद पुरस्कारसहित प्रमाणपत्र तथा तेश्रो भएर श्री बूढानीलकण्ठ स्कूल, नारायणस्थान, बूढानीलकण्ठ–५, काठमाडौँले राष्ट्रिय शिल्ड, ध्वजा र रू १ लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

प्राविधिक शिक्षालयतर्फः

प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा  सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १ लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने परिषद्को आङ्गिक शिक्षालयः श्री कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर, रूपन्देही रहेको छ ।

त्यसैगरि प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १ लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने परिषदबाट सम्बन्धन प्राप्त गरी साझेदारीको रूपमा सञ्चालित  शिक्षालयः श्री  मनमोहन मेमोरियल पोलिटेक्निक, बुढीगङ्गा, मोरङ रहेको छ ।

अन्य पुरस्कृत हुनेमा प्राविधिक शिक्षालय तर्फ श्री लाईफ लाइन अस्पताल प्रालि, दमक, झापा रहेको छ । उसले पनि राष्ट्रिय स्तरमा ध्वजा र रू १ लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछ । प्राविधिक शिक्षालय तर्फ श्री आदर्श माध्यमिक विद्यालय, विराटनगर, मोरङ्ले पनि राष्ट्रिय स्तरमा ध्वजा र रू १ लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

क्याम्पसतर्फः

विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमध्ये राष्ट्रियस्तरमा उत्कृष्ट भई श्री पुल्चोक क्याम्पस, ललितपुरले रू २ लाख ५० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछ । विश्वविद्यालयका सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरू मध्ये राष्ट्रिय स्तरमा उत्कृष्ट भै श्री लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल, रूपन्देहीले रू २ लाख ५० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै राष्ट्रिय स्तरमा उत्कृष्ट भै श्री काठमाडौं मोडेल कलेज, बागबजार, काठमाडौंले पनि नगद रु २ लाख ५० हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

 समाज कल्याण शिक्षा पुरस्कारतर्फ

सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा श्री एसओएस बालग्राम, मध्यपुर ठिमी–२, भक्तपुरले नगद रु ३ लाख पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट श्री कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर–४, सुर्खेतले पनि नगद रु ३ लाख सहित प्रमाणपत्र प्राप्त गर्नेछ ।