नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

एसईई परीक्षा २०७९ः सामुदायीक तर्फ सज र प्रबुद्ध तथा नीजि तर्फ लालिगुँरास उत्कृष्ट

ओखलढुङ्गान्युज, असार २४ । एसईई परीक्षा २०७९ अन्तर्गत ओखलढुङ्गामा सामुदायीक विद्यालय तर्फ सगरमाथा जनता मावि र प्रबुद्ध मावि च्यानम उत्कृष्ट भएका छन् । त्यस्तै नीजि विद्यालय तर्फ भने सदरमुकामको लालिगुराँस ईंलिस बोर्डिङ स्कूलले नै बर्चश्व जमाएको छ ।

सामु्दायिक विद्यालयतर्फ सगरमाथा जनता माध्यमिक विद्यालयका छात्रा तृप्ती राई र प्रवुद्ध माध्यमिक विद्यालयका छात्रा नविना कार्कीले उत्कृष्ट समान ३.८ जिपिए प्राप्त गरेका छन् । त्यस्तै नीजि विद्यालय तर्फ लालीगुरास ईंलिस बोर्डिङ स्कूलका छात्र रोहन थापाले ३.९५ प्राप्त गरेका छन् ।

त्यस्तै सामुदायीक विद्यालय तर्फ दोश्रो प्रबुद्ध मावि च्यानम तथा तेश्रो स्थानमा जाल्पा मावि गैरीगाँउ बन्न सफल भएको छ । त्यसैगरि निजी विद्यालय तर्फ दोश्रो लालिगुँरास तथा शुभलक्ष्मी ईंलिस बोर्डिङ स्कूल तथा तेश्रो स्थानमा पनि शुभलक्ष्मी ईंलिस बोर्डिङ स्कूलका छात्रछात्रा बन्न सफल भएका छन् ।

शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुङ्गाका प्रमुख नेत्र प्रसाद गजुरेलका अनुसार ओखलढुङ्गामा यस वर्षको एसईई नतिजामा ५७ जनाले ३.६ देखी ४  जिपिए सम्म अंक प्राप्त गरेका छन । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गजुरेलका अनुसार २९६ जना विद्यार्थीले ३.२ देखि ३.६ जिपिए प्राप्त गरेको छन । त्यस्तै ५९६ जना विद्यार्थीले २.८ देखी ३.२ जिपिए प्राप्त गरेका छन् भने ७८६ जनाले २.४ देखि २.८ जिपिए प्राप्त गरेका छन् ।

त्यसैगरि ५५४ जनाले २ देखि  २.४ जिपिए, २४३ जनाले १.६ देखि २ जिपिए र ५९ जनाले १.२ देखि १.६ जिपिए प्राप्त गरेको जिल्ला शिक्षा विकास समन्वय इकाईले प्रकाशन गरेको सूचनामा उल्लेख छ । गजुरेलका अनुसार शैक्षिक सत्र २०७९ को कक्षा १० को परीक्षामा ओखलढुङ्गाबाट २ हजार ६ सय ३६ जनाले परीक्षामा सहभागीता जनाएका थिए । परीक्षा दिएका मध्ये १ जनाले १.२ जिपीए प्राप्त गरेको र ४४ जनाको भने परीक्षामा रिजल्ट एब्सेन्ट आएको छ । यसपटकको परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्नेहरु बढीजसो छात्राहरु रहेको शिक्षा ईकाई प्रमुख गजुरेलले बताए ।

अघिल्लो वर्षहरुमा ४ जिपिएमा कम्पिटिसन हुने विद्यालयहरु कसैले पनि ४ जिपीए रिजल्ट ल्याउन सकेनन् । विगतका तुलनामा जिल्लाका विभिन्न विद्यालयहरुले विद्यार्थीको ग्रेड बृद्धिमा सफलता पाएपनि उत्कृष्ट अंक ल्याउनबाट भने कमजोर उन्मुख भएको पाईएको छ । शैक्षिक सत्र २०७९ को एसईई (कक्षा १०) को परीक्षाको नतिजा गत २१ गते सार्वजनिक भएको थियो ।