नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

मोलुङ पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा

ओखलढुङ्गान्युज, असार १४ । जिल्लाको मोलुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । बुधबार गाउँपालिकाको मुकाम प्राप्चामा रहेको स्वास्थ्य चौकी भवनमा आयोजित एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

मोलुङ गाउँपालिकामा चालु आवमा भएका १५ देखी २३ महिनाका बालबालिकाको संख्या १८९ र जन्मेदेखी १५ महिना सम्मका बालबालिकाको संख्या २०४ जना रहेका छन् । ति सबै बालबालिकामा खोप लगाईएको सुनिश्चित भएपछि एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष उत्तम राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरेका हुन् ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्नुपर्ने कारण र उद्धेश्यका बारेमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मित्रमेनु ढकालले जानकारी समेत गराएका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष उत्तम राई, उपाध्यक्ष उर्मीला खतिवडा, वडा अध्यक्षहरु, स्वास्थ्य शाखा तथा स्वास्थ्य चौकी प्रमुख, महिला स्वास्थ्य स्वयम्सेविकाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अबसर पारेर गाउँपालिकाले ७ वटा स्वास्थ्य शाखालाई एकएक थान ल्यापटप र कलर प्रिन्टर मेशिन समेत हस्तान्तरण गरेको छ । मोलुङ गाउँपालिका स्वास्थ्य शाखा तथा स्वास्थ्य शशर्त तर्फको बजेटवाट स्वास्थ्य भैरहेको काम तथा गतिबिधि सम्बन्धिको डाटा प्रविष्ट गर्न तथा नियमित कामकाजमा सहज बनाउनका लागि ल्यापटप र कलर प्रिन्टर मेशिन समेत हस्तान्तरण गरिएको स्वास्थ्य शाखा प्रमुख ढकालले जानकारी दिए ।