नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

मुख्यमन्त्री कप फुटवल: इलाम सेमीफाइनल प्रवेश

ओखलढुङ्गान्युज, असार ७ । ओखलढुङ्गामा जारी कोशी प्रदेश मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको बिहिबार भएको पहिलो खेलमा इलाम विजयी हुदै सेमिफाइनल प्रवेश गरेको छ । इलामले धनकुटालाई हराउदै सेमीफाइनल प्रवेश गरेको हो ।

इलामको जितका लागि पहिलो हाफको तेश्रो मिनेटमा नै जर्सी नं. १० का अर्जुन गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफको खेलमा दुवै तर्फबाट उत्कृष्ट खेल प्रदर्शन सहित गोल गर्ने अबसर पाएपनि थप गोल गर्न सकेनन् । पहिलो हाफमा इलामले १-० को अग्रता लियो ।

खेलको दोश्रो हाफको ४८ औं मिनेटमा जर्सी नं. ९ का विनोद धमलाले इलामको लागि गोल गर्दै टीमलाई २-० को अग्रता दिलाए । यो गोलको अग्रता नै खेलको निर्णायक गोल बन्न पुग्यो । यो जितसँगै इलामले सेमिफाइनलको यात्रा तय गरि ओखलढुङ्गासँगको भेटकाो यात्रा पक्का गरेको छ । 

जारी प्रतियोगितामा इलामले आफ्नो सेमिफाइनल खेल शुक्रबार विहान ८ बजे ओखलढुङ्गासँग खेल्नेछ । हार पश्चात धनकुटा भने घर फर्किएको छ ।