नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

मुख्यमन्त्री कप फुटवल: संखुवासभासँग हार्यो उदयपुर

ओखलढुङ्गान्युज, असार ६ । उदयपुर बुधबार भएको आफ्नो दोश्रो खेलमा पराजित भएको छ । पेनाल्टी सुट आउटका आधारमा भएको निर्णयमा उदयपुर जिल्ला संखुवासभा जिल्लाको फुटबल टीमसँग ५-४ गोलले पराजित भएको हो ।

निर्धारित समयमा उदयपुरका तर्फ बाट हाफटाइम अगाडी जर्सी नं. १० का दिवस श्रेष्ठले १४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । हाफ टाइम पछि जर्सी नं. १३ का सुनिल खड्काले उदयपुरका लागि दोश्रो गोल गरेका थिए ।

त्यस्तै संखुवासभाको तर्फबाट ३१ औं मिनेटमा जर्सी नं. ११ का जिवन मगरले र हाफ टाइम पछि जर्सी नं. १७ का सन्दिप भगत श्रेष्ठले गोल गरेका थिए । उदयपुर २-१ गोलले अग्रता लिइरहेको अबस्थामा जर्सी नं. ४ का खेलाडी रेड कार्ड पाएर मैदान बाहिरीएपछि मौकाको फाईदा उठाउदै संखुवासभाले पनि दोश्रो गोल गरेर बराबरी बनायो । त्यसपछि निर्णय पेनाल्टी सुट आउटका आधारमा भएको हो ।

आजको हारसँगै उदयपुर खेलबाट बाहिरिएको छ भने यसभन्दा अगाडि बाइ पाएको संखुवासभा सेमी फाइनलमा पुगेको छ । जारी प्रतियोगितामा संखुवासभा सेमी फाइनलमा पुग्ने दोश्रो टोली बनेकाे छ ।