नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मुख्यमन्त्री कप फुटवल: खोटाङ ४-२ गोलले विजयी

ओखलढुङ्गान्युज, असार ६ । बुधबार भएको खेलमा खोटाङ-तेह्रथुमसँग ४-२ गोलले विजयी भएको छ । बुधबार भएको खोटाङ-तेह्रथुम बीचको दोश्रो खेल पेनाल्टी सुट आउटका आधारमा निर्णय भएको हो । जसमा खोटाङ ४-२ ले विजयी भएको हो ।

खेलको हाफ टायम अगाडी दुवै तर्फबाट कुनै पनि गोल हुन सकेन । तर हाफ टाइम पछि लगत्तै ३९ औं मिनेटमा खोटाङका लागि जर्सी नं. १० खेलाडी सुजन माझीले गोल गर्दै टिमलाई अग्रता दिलाए । ५० औं मिनेटमा जर्सी नं. २ का मिलन राईले तेह्रथुमका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याइपुर्याए । निर्धारित समयमा दुवै तर्फबाट १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुट आउटका आधारमा भएको हो ।

पेनाल्टी सुट आउट प्रहार गर्ने क्रममा खोटाङका गोलकिपरले तेर्ह्रथुमका दुइजना खेलाडीको बललाई रोकेपछि खोटाङ विजयी हुदै अगाडिको यात्रा तय गरेको हो । यो हारसँगै तेर्ह्रथुम भने खेलबाट बाहिरीएको छ ।