नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

वनबाट सल्किएको आगोले कुन्तादेवीमा एक घर जल्यो 

ओखलढुङ्गान्युज, १२ बैशाख । सामुदायिक वनबाट सल्किएको आगोले मोलुङ गाउँपालिकाको कुन्तादेवीमा एक घर जलेर नष्ट भएको छ । मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीका चिन्तामणी धमलाको घरमा आगलागी हुदाँ जलेर पूर्ण रुपमा नष्ट भएको हो ।

मंगलबार मध्यान्ह १२ बजेदेखि मोलुङ २ तल्लोटारमा रहेको रानीवन सामुदायीक वनबाट सल्किएको आगो नियन्त्रणमा लिन नसकी चिहानडाँडा सामुदायीक वन हुदै सल्कदै जाँदा बुधबार साँढे १२ बजे धमलाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । आगलागीबाट घर जल्दा धमलाको ढुङ्गामाटोले बनेको, जस्ताको छानो भएको दुइतले घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन फर्निचर र घर नजिकै रहेको गाईगोठ समेत पुर्ण रुपमा जलि नष्ट हुँदा ५ लाख बढीको क्षति भएको ओखलढुङ्गा प्रहरीले जनाएको छ ।

सामुदायिक वनमा लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगो नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।