नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मुख्यमन्त्री कप फुटवल: सुनसरी ३-० ले विजयी 

सुनसरीको फुटबल टीम

ओखलढुङ्गान्युज, असार ५ । शोमबारबाट ओखलढुङ्गामा शुरु भएको कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटवल प्रतियोगितामा सुनसरी जिल्लाले विजयको सुरुवात गरेको छ । आज मंगलबार भएको दोश्रो खेलमा पाँचथर जिल्लालाई स्तब्ध बनाउदै सुनसरीले विजयी यात्रा सुरुवात गरेको हो ।

खेलको पहिलो हाफमा सुनसरीको लागि जर्सी नं. ११ का खेलाडी ङिमा शेर्पाले २६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । एक गोलमा सकिएको पहिलो हाफ पछि भने सुनसरीले थप दुई गोल गर्दै ३-० का साथ विजयी भयो । हाफ टाइम पछि सुनसरीको लागि ४७ औं मिनेटमा जर्सी नं. १० का खेलाडी योगेन्द्र कार्की र खेलको इन्जुरी समयमा ङिमा शेर्पाले नै थप एक गोल गरेका थिए ।

म्यान अफ दी म्याच सुनसरीका ङिमा शेर्पा

प्रतियोगिताको म्यान अफ दि म्याच पनि दुई गोल गर्ने सुनसरीका ङिमा शेर्पा बने । उनले नगद रु. ४ हजारका साथ मेडल प्राप्त गरे ।