नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मुख्यमन्त्री कप फुटवल: उदयपुरको विजयी सुरुवात 

ओखलढुङ्गान्युज, असार ४ । ओखलढुङ्गामा आज देखि शुरु भयो कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटवल प्रतियोगितामा उदयपुर जिल्लाले विजयको सुरुवात गरेको छ । आज शोमबार भएको दोस्रो खेलमा मोरङ जिल्लालाई स्तब्ध बनाउदै उदयपुरले विजयी यात्रा सुरुवात गरेको हो ।

खेलको ६३ औं मिनेटमा डी बक्स एरिया नजिकैबाट उदयपुरका टीम क्याप्टेन सुनिल खड्काले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । मोरङका गोलकिपरले गरेको मिस्टेकका कारण उदयपुरले डी बक्स एरिया नजिकैबाट फ्रि किकको अबसर पाएको थियो । टीमले पाएको अबसरलाई खड्काले कुनै पनि मिस्टेक नगरी बललाई गोलमा परिणत गरिदिए । जुन गोल नै निर्णायक बन्यो । निर्णायक गोल गरेका खड्का प्रतियोगिताका म्यान अफ दी म्याच भए । उनले नगद रु ४ हजार पाए ।

प्रतियोगिता सञ्चालन हुदै गर्दा केहि समय उदयपुरका खेलाडी र मुख्य निर्णायकका बिचमा मतभेद देखिएको थियो । तथापी प्रतियोगिता सान्दार रुपमा सम्पन्न भएको छ । यो जितसँगै उदयपुरले अगाडीको यात्रा तय गरेको छ भने मोरङ घर फर्किएको छ ।

मंगलबार हुने पहिलो खेलमा धनकुटा भर्सेस भोजपुर विहान ८ बजे, दोस्रो खेल सुनसरी भर्सेस पाँचथर दिउँसो १२ बजे र तेश्रो खेल तेर्ह्रथुम र खोटाङका बिच हुने आयोजकले जनाएको छ । मंगलबारको तेश्रो खेल ताप्लेजुङ र इलाम बिच हुने तालीका भएको भएपनि शनिबारको भिषण बर्षातका कारण ताप्लेजुङ खेलमा सहभागी नहुने भएपछि इलामलाई वाकओभर दिदै अर्को दुई टिमको खेल सञ्चालन गर्न लागिएको हो ।