नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मुख्यमन्त्री कप फुटवल: ओखलढुङ्गाको विजयी सुरुवात


ओखलढुङ्गान्युज, असार ४ । ओखलढुङ्गामा आज देखि कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ ।‌ जिल्ला सदरमुकाममा रहेको सगरमाथा जनता मावि नजिकैको खेल मैदानमा प्रतियोगिता सुरू भएको हो ।

प्रतियोगिता अन्तर्गत भएको पहिलो खेलमा ३-१ गोलले ओखलढुङ्गा विजयी भएको छ । सोलुखुम्बुलाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै ओखलढुङ्गाले आफ्नो विजयी यात्रा सुरुवात गरेको हो । ओखलढुङ्गाको तर्फबाट खेलको पहिलो हाफको ३४ औं मिनेटमा जर्सी नं. ९ का खेलाडी प्रवीण मगरले गोल गर्दै ओखलढुङ्गालाई अग्रता दिलाए । त्यसपछि दोश्रो हाफको सुरुवाती पहिलो मिनेट अर्थात ३६ औं मिनेटमा नै ओखलढुङ्गाका जर्सी नं. ११ का संजय गुरुङले गोल गर्दै आफ्नो टीमलाई २-१ गोलको अग्रता दिलाए ।

दोश्रो हाफको ५० औं मिनेटमा सोलुखुम्बुका दयाराज राईले १ गोल गर्दै कमब्याकको प्रयास गरे । तर ओखलढुङ्गाका संजय गुरुङले गोल गर्दै आफ्नो टीमलाई ३-१ को अग्रता दिलाए । गुरुङले ब्यक्तिगत खातामा दुई गोल गर्दै प्रतियोगिताको खेलको म्यान अफ दि म्याच घोषित भए । म्यान अफ दि म्याच घोषित हुदै गुरुङले नगद रु ४ हजार प्राप्त गरे । प्रतियोगिताको म्यान अफ दि म्याच खेलाडीलाई नगद रु. पाँच हजार दिने घोषणा गरेको भए पनि नगद रु. ४ हजार मात्र प्रदान गरिएको छ । गुरुङलाई सिद्धिचरण नगरपालिकाका पूर्व मेयर मोहन कुमार श्रेष्ठले नगद पुरस्कार प्रदान गरे ।

पहिलो खेलका म्यान अफ दी म्याच ओखलढुङ्गाका संजय गुरुङ

प्रतियोगिता अन्तर्गतको दोस्रो खेल शोमबार अपरान्ह ४ बजेबाट हुनेछ । प्रतियोगितामा प्रदेश नं. १ का १४ जिल्लाकै खेलाडीहरु सहभागी हुने जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाले जनाएको छ ।