नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताः टाईसिट सार्वजनिक

ओखलढुङ्गान्युज, जेठ ३२ असार ४ गते देखी ओखलढुङ्गामा हुने भनिएको कोशी प्रदेश मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको टाईसेट सार्वजनिक गरिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव हंशराज वाग्लेले उक्त टाईसेट सार्वजनिक गरेका हुन् ।

बुधबार सार्वजनिक गरिएको टाईसेट अनुसार असार ४ गते पहिलो उद्घाटन खेल वहान ८ बजे ओखलढुङ्गा जिल्ला भर्सेस सोलुखुम्बु जिल्लाका बीच हुनेछ । प्रतियोगिता अन्तर्गत हुने दोश्रो खेल ४ गते नै दिउसो २ बजेवाट मोरङ भर्सेस उदयपुर जिल्लाका बीच हुनेछ ।

प्रदेश १ मा रहेका १४ जिल्लालाई ७÷७ जिल्लाको दुई समूहको चार ग्रुपमा विभाजन गरिएको छ । जस अन्तर्गत समूह ए को ग्रुप ए मा झापा, सोलुखुम्बु र ओखलढुङ्गा, ग्रुप बीमा धनकुटा, भोजपुर, ताप्लेजुङ र इलाम रहेका छन् । त्यस्तै ग्रुप बी को ए मा संखुवासभा, मोरङ र उदयपुर तथा ग्रुप बी मा सुनसरी, पाँचथर, तेह«थुम र खोटाङ रहेका छन् ।

नकआउट नियमका आधारमा सञ्चालन हुने प्रतियोगितामा दिनमा दुईओटा प्रतियोगिता सञ्चालन गर्दै असार ७ सम्म सबै क्वाटार फाईनलका खेलहरु सञ्चालन हुनेछ । त्यस पश्चातको सेमी फाईनल खेल समूह ए को असार ८ गते विहान ८ बजे र समूह बी को असार ८ गते दिउसो २ बजे सञ्चालन हुनेछ । प्रतियोगिताको फाईनल खेल भने असार ९ गते दिउँसो २ बजे सञ्चालन हुने कोशी प्रदेश, खेलकुद विकास बोर्डले जनाएको छ ।

प्रतियोगितामा विजेता टीमले नगद रु २ लाख सहित शील्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता हुने टीमले नगद रु १ लाख सहित शील्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिता अन्तर्गत प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडीले नगद रु ५ हजार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यबस्था गरिएको छ भने प्रतियोगिताका फेयर प्ले टिमले नगद रु १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।