नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

सर्पको टोकाईवाट सिन्धुलीमा एकको महिलाको मृत्यु

ओखलढुङ्गान्युज, जेठ २६ सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका वडा नं. १० कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्की रहेकी छन् ।

आफ्नै घरको पेटीमा हिँड्ने क्रममा शुक्रबार कार्कीलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि उनलाई स्थानीय सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारका लागि लगिएको थियो । कार्कीको त्यहाँ प्राथमिक उपचार भएपनि उपचार गर्न कठिनाई भएपछि थप उपचारका लागि सिरहाको अस्पताल रिफर गरिएको थियो ।

स्थानीय सर्पदंश उपचार केन्द्रमा उनको उपचार हुन नसकेपछि थप उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल सिरहा लगिएको थियो । अस्पतालमा नै उपचारको क्रममा कार्कीको मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चिरन्जिवी दाहालले जानकारी दिए ।

दुई साताअघि पनि दुधौली नगरपालिका वडा नं १ मा सर्पको टोकाइबाट दुई बालकको मृत्यु भएको थियो ।