नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

सुनकोशी गाउँपालिकाका शिक्षक छत्र नारायण (शुरेश)को लडेर मृत्यु

ओखलढुङ्गान्युज, जेठ २२ जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ३ थानी मा.वि.का प्रधानाध्यापक छत्र नारायण श्रेष्ठ (शुरेश) को भिरवाट लडेर मृत्यु भएको छ । भिरबाट लडेका प्रधानाध्यापक श्रेष्ठको उपचारको क्रममा आज (शोमबार) पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गत बैशाख १३ गते प्रधानाध्यापक श्रेष्ठ साँझपख घरबाट बेसी घर गएका थिए । बेसीघर गएका श्रेष्ठ बाटामा नै लडेका थिए । बाटामा लडेपनि उनमा बाहिरी चोटपटक केहि देखिएको थिएन । केहिदिन घरमा नै राखेर उपचार गराईएका श्रेष्ठको स्वास्थ्यमा सुधार नआएपछि उपचारका लागि काठमाण्डौंको पाटन अस्पताल पु¥याईएको थियो ।

सामान्य लडेर विरामी भएका श्रेष्ठलाई घरमा नै राखेर उपचार गर्दा केहिदिन सुधार देखिएको भएपनि ३/४ दिनपछि स्वास्थ्यमा समस्या देखिएको थियो । अस्पतालमा उपचारका क्रममा श्रेष्ठको कलेजोमा संक्रमण देखिएको र फोक्सोमा समेत निमोनिया भएका डाक्टरहरुले बताएका थिए । कलेजो सम्बन्धीको पनि विरामी रहेका श्रेष्ठको अस्पतालमा नै उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

शिक्षक सेवामा ३० बर्षे सेवा अबधी पुरा गरिसकेका श्रेष्ठ अझै कार्यरत थिए । उनका एक श्रीमती, दुई छोरी र एक छोरा छन् ।