नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

२७ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर शेर्पाको नयाँ किर्तिमान

ओखलढुङ्गान्युज, जेठ ३ । आफ्नै रेकर्डलाई भंग गर्दै नेपाली हिमाल आरोही कामिरिता शेर्पा २७ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।  शेर्पा आज (बुधबार) विहान ८ बजेर ३० मिनेटमा  २७औँ पटक सगरमाथाको चुचुरोमा पुगेको सेभेन समिट टेक्सले जनाएको छ ।

यसअघि  शेर्पाले तीन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरिसकेका छन्।  शेर्पाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथाको आरोहण गरेका थिए । साथै २०१९ मा ६ दिनमा २ पटक, २०२१ र २०२२ मा क्याम्प–२ देखि सगरमाथाको चुचुरो सम्म डोरी टाँग्न नेतृत्व समेत गरेका थिए ।

यस सिजनमा भने उनीले सेभेन समिट टेक्स र फोर्टिन पिक्स एक्स्पीडिशनको टिमलाई नेतृत्व गर्दै सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका शेर्पाको ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ।