नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

चौथो नेचासल्यान गोल्डकपको उपाधि प्रकृति मारुनीलाई

ओखलढुङ्गान्युज, बैशाख २६ । शोमबार सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकामा सम्पन्न भएको चौथो नेचासल्यान गोल्डकपको उपाधि प्रकृति मारुनी क्लब सल्यानले जितेको छ । सोमबार भएको फाईनल खेलमा गेट्स मनि चर्ज नेचाबतासेलाई ३–१ गोलले पराजित गर्दै प्रकृति मारुनी क्लव सल्यानले उपाधि जितेको हो ।

प्रतियोगिताको विजेता बन्दै प्रकृति मारुनी क्लव सल्यानले २ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र जितेको छ । त्यस्तै उपविजेता बन्दै गेट्स मनि चर्ज नेचाबतासेले १ लाख ६६ हजार ६ सय ६६ रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै सेमिफाईनलमा नै पराजित हुदै साझा कल्याण कोष नेचा र रिप्जुङ एकता समाज खोटाङले सान्त्वना स्थानमा चित्त बुझाएको छ । सान्त्वना भएका दुवै टिमले पनि क्रमश नगद ६६ हजार ६ सय ६६ रुपैयाको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक नर बहादुर राईले जानकारी दिए ।

नेचासल्यान गाउँपालिकाको आयोजनामा लाहुरेचौरमा ४ दिन सम्म सञ्चालन भएको  खेलमा सोलुखुम्बु र खोटाङका गरी १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रकृति मारुनी युवा क्लब नेचासल्यान २ का सुजन माझी उत्कृष्ट खेलाडी र गेट्समणी चर्ज नेचासल्यान ५ का गोपाल लिम्बु उत्कृष्ट डिफेन्डर घोषित भए । यस्तै रिप्जुङ एकता समाज खोटाङका उत्तम शाही सर्वाधिक गोलकर्ता र साझा कल्यान कोष नेचासल्यान ५ का दिवश राई उत्कृष्ट गोल रक्षक घोषित भएका थिए ।