नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेलाई स्पष्टीकरण, खेलकुदको बैंक खाता रोक्का

तस्वीर श्रोत : हाम्रोमत

ओखलढुङ्गान्युज, बैशाख २१ । सामाजिक विकास मन्त्रालयले कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई स्पष्टीकरण सोधेको छ । खेलुदको तर्फवाट आयोजना गरिएको कार्यक्रममो ब्यानरमा कोशी प्रदेशको नाम नराखिएको भन्दौ सदस्य सचिव वाग्लेलाई स्पष्टिकरण सोधेको हो ।

गत बैशाख १४ गते देखी १६ गते सम्म झापाको दमकमा आयोजना गरिएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन्दै  सदस्य सचिव वाग्लेलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो । प्रदेश स्तरिय खेलकुद कार्यक्रमको ब्यानरमा प्रदेशको नाम उल्लेख नगरेपछि मन्त्रालयले खेलकुद विकास बोर्डको खाता समेत रोक्का गरिदिन प्रभु बैंकलाई पत्राचार समेत गरेको छ ।

प्रदेशको नाम कोशी राखेपछि हाल पहिचान पक्षधरहरुले प्रदेशको नामांकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन् । उता वाग्लेलाई तत्कालीन नेकपा एकिकृत समाजवादीको तर्फवाट बनेका मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गरेका थिए । हाल प्रदेशमा एमालेको सरकार छ भने सामाजिक विकास मन्त्रि बुद्धि कुमार राजभण्डारी रहेका छन् । मन्त्रालय एमालेको भागमा रहेकोले वाग्लेलाई हटाउनका लागि मन्त्री राजभण्डारीले तयारी थालेको एमालेका नेताहरुले बताएका छन् ।