नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

यूएईलाई जित्न नेपाललाई ११८ रनको लक्ष्य

ओखलढुङ्गान्युज, बैशाख १९ त्रिबि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप जित्न  यूएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ । सोमबार बर्षातका कारण बाँकी रहेको खेल मंगलबार (आज) ‘रिजर्भ डे’मा भएको खेलमा नेपालले ११८ लक्ष्य पाएको हो ।

मंगलबार विहान ९ बजेदेखी भएको खेलमा बलर ललितको बलमा मिडविकेट क्षेत्रमा रहेका कुशल भुर्तेलले क्याच लिएसँगै यूएई ११७ रनमा अलआउट भएको हो । सोमबार बर्षातका कारण रोकिएकै खेल स्थितिबाट मंगलबार युएईले ब्याटिङ सुरू गरेको थियो ।

त्रिवि मैदानमा भएको खेलमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ बनाएको थियो तर यहि अबस्थामा खेलमैदानमा भिषण बर्षात भएपछि खेल रोकिएको थियो।

यस संस्करणमा नेपाल यूएईलाई पराजित गरेर पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा छ । यूएई पनि नेपालसँग जित हात पारेर चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ । सन् १९८४ मा सुरू एसिया कपको १६ औं संस्करणमा पहिलो पटक सहभागिता जनाउने लक्ष्यमा नेपाल रहेको छ।