नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

राष्ट्रपति रनिङशिल्ड खेलकुदमा ओखलढुङ्गावाट ७५ खेलाडी सहभागी हुदै

ओखलढुङ्गान्युज, बैशाख ११ । आजवाट कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुदैछ । आज बैशाख ११ गते देखी बैशाख १३ गते सम्म सुनसरी जिल्लाको ईटहरीमा कोशी प्रदेश स्तरिय प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रदेश स्तरिय प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ गरी भलिबल, एथ्लेटिक्स, कवडी, मार्सल आर्ट र उशुका खेलहरु सञ्चालन हुदैछन् । प्रतियोगिताका लागि ओखलढुङ्गा जिल्लावाट छात्रा र छात्र गरि ७५ जना खेलाडी सहभागी भएका छन् । ओखलढुङ्गावाट प्रतियोगितामा खेलाडी, प्रशिक्षक र टिम ब्यबस्थापक गरि ८५ जना सहभागी भएको जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाका अध्यक्ष प्रविण कुमार श्रेष्ठले जानकारी दिए ।

जिल्लावाट छनौटमा परि प्रदेश प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाले सिद्धिचरण नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि विजयको शुभकामना सहित विदाई गरिएको थियो ।