नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

लिखुको भलिबल प्रतियोगिताको उपाधी वडा नं. १ र ६ लाई

ओखलढुङ्गान्युज, बैशाख ५ । गत बैशाख दुई गते देखि लिखु गाउँपालिकामा आयोजना भएको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी वडा नं. १ र ६ ले जितेको छ । तीनदिन सम्म सन्चालन भएको प्रतियोगितामा पुरुषतर्फको उपाधि वडा नं. १ र महिला तर्फको उपाधि वडा नं. ६ ले जित्न सफल भएको हो ।

शोमबार सम्पन्न भएको फाइनल खेलमा पुरुष तर्फ लिखु गाउँपालिका वडा नं १ ले लिखु गाउँपालिका वडा नं. ८ लाइ निकै प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गरेको हो । लिखु १ ले लिखु ८ लाई २१-२५, २५-२२, २५-२३, २३-२५ र १५-१३ को सेटमा पराजित गरेको हो । लिखु गाउँपालिका वडा नं. ७ भने वडा नं. ६ लाई पराजित गर्दै तेश्रो बनेको छ ।

त्यस्तै महिला तर्फ लिखु ८ लाई ३-० को सोझो सेटमा पराजित गर्दै वडा नं. ६ प्रथम भएको छ । वडा नं. ६ ले वडा नं. ८ लाई २५-१२, २५-१० र २५-१३ को सोझो सेटमा पराजित गरेको हो । वडा नं. ५ लाई पराजित गर्दै वडा नं. ४ महिला तर्फ तेश्रो बनेको छ ।

प्रतियोगितामा महिला तथा पुरुष तर्फ विजेता बनेका वडाका खेलाडीहरुले क्रमशः नगद रु. ५० हजार, ३० हजार र २० हजार सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खेलमा सहभागिता जनाएका सबै वडाका महिला तथा पुरुष टीमलाइ सहभागिता वापत नगद रु १० हजारका दरले सान्त्वना पुरस्कारको साथै सहभागी खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

लिखु गाउँपालिकामा रहेका महिला तथा पुरुष खेलाडीहरूको पहिचान गर्दै खेलकुदमा उनीहरुलाई प्रोत्साहन गर्न तथा पालिका स्तरीय महिला तथा पुरुषको भलिबल टीम निर्माण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा विजेता बनेका टीम तथा सहभागीहरुलाई लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्की, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठ लगायतका अतिथीहरुले नगद पुरस्कार सहित शील्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट बनेका खेलाडीहरुलाई प्रतियोगिताका निर्णायक प्रादेशिक भलिबल रेफ्रीद्वय नारायणकाजी राई, अनुप राई, भलिबल रेफ्री सन्तोष पौडेलले ट्रफि र मेडल प्रदान गरेका थिए भने गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले नगद पुरस्कार प्रदान गरेका थिए ।