नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

“मुख्यमन्त्री कप फुटवल” प्रतियोगिता ओखलढुङ्गामा हुने

ओखलढुङ्गान्युज । १५ चैत, ओखलढुङ्गा । कोशी प्रदेश खेलकुद विकास समितिले “मुख्यमन्त्री कप फुटवल” प्रतियोगिता ओखलढुङ्गामा सञ्चालन गर्ने भएको छ । प्रदेश खेलकुद विकास समितिले कोशी प्रदेशका १४ जिल्लाका खेलाडीहरुलाई समाबेश गरि मुख्य मुख्यमन्त्री कप फुटवल प्रतियोगिता ओखलढुङ्गामा सञ्चालन गर्न लागेको हो ।

प्रदेश खेलकुद विकास समिति मंगलबार १४ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै यस्तो जानकारी गराएको हो । प्रदेश खेलकुद विकास समितिले यस सिजनमा सञ्चालन गर्न लागेको विभिन्न खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलको भाग ओखलढुङ्गालाई परेको हो ।

प्रदेश खेलकुद विकास समितिले जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गालाई पत्राचार गर्दै फुटबल खेलकुद प्रतियोगिता सञ्चालनका लागि तयारी गर्न भनेको छ । प्रतियोगिता ओखलढुङ्गामा सञ्चालन गर्ने निर्णय भएपनि प्रदेश खेलकुद विकास समितिले मिति भने तोकि सकेको छैन ।