नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

मोटरसाईकलले ठक्कर दिदा ओखलढुङ्गामा एक किशोरी घाईते

ओखलढुङ्गान्युज १० चैत, ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारमा मोटरसाईकलले ठक्कर दिदा एक किशोरी घाईते भएकी छन् । घाईते हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारकी १७ बर्षिया धनमाया खतिवडा रहेकी छन् ।

रुम्जाटारबाट बर्णालु तर्फ जादै गरेको बागमती प्र ०२–०३८ प ७९३४ नम्बरको मोटरसाईकलले बाटोमा पैदल यात्रामा रहेकी खतिवडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । मोटरसाईकलले ठक्कर दिएर घाईते भएकी खतिवडाको देब्रेखुट्टा भाचिएको र लड्दा टाउको चोट लागेर सुन्निएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

ठक्कर दिने मोटरसाईकलका चालक सिद्धिचरण नगरपालिका वडा नं. ५ सानिटारका ३२ बर्षिय देव कुमार राईलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घाईते खतिवडालाई उपचारका लागि पठाईएको र उनको हाल सामुदायीक अस्पताल सोब्रुमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।