नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

ओखलढुङ्गाको मनमोहन तालिम केन्द्र तीन जिल्लाको शैक्षिक हव बन्छ ः मूख्यमन्त्री कार्की

ओखलढुङ्गान्युज चैत, ओखलढुङ्गा कोशी प्रदेशका मुख्य मन्त्री मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ओखलढुङ्गामा स्थापना भएको मनमोहन तालिम केन्द्र तीन जिल्लाको शैक्षिक हव वन्ने बताएका छन् आज ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. १२ सितलपुरमा आयोजित मनमोहन तालिम केन्द्र भवनको शिलान्याश गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हन्

भवनको शिलान्यास गर्दै मुख्यमन्त्री कार्कीले  ओखलढुङ्गालाई सगरमाथाका पहाडी जिल्लाहरुको शैक्षिक केन्द्र बनाइने बताए यस भवन निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएपछि पहाडका तीन जिल्लाका विद्यार्थीले सीप सिक्ने केन्द्र ओखलढुङ्गा हुने मुख्यमन्त्री कार्कीले  बताए यो तालिम केन्द्रमा सोलुखुम्बु खोटाङका विद्यार्थीहरु पनि आएर सिक्न, पढ्न सक्ने भएकोले तीन जिल्लाको शैक्षिक हव बन्ने मुख्यमन्त्री कार्कीले बताए मुख्यमन्त्री कार्कीले तालिम केन्द्रको भवन चाँडो निर्माण सक्न पनि निर्देशन दिए

तालिम केन्द्र भवन निर्माणका लागि करोड बराबरको डिपीआर निर्माण भएको भवनका निर्माणका लागि यसभन्दा अगाडीका वर्षम समेत ८० लाअ बजेट विनियोजन भएको भएपनि त्यो रकम त्यसै फ्रिज भएको थियो यस वर्ष पनि उक्त भवनका लागि ५० लाख बजेट संघिय प्रदेश सरकारले विनियोजन गरेको

निर्माण हुनेक्रममा रहेको यस भवनलाई प्रदेश सरकारले बहुवर्षीय योजनाको रुपमा स्वीकृत नदिदा बजेट फ्रिज हुने गरेको शहरी विकास तथा भवन कार्यालयका निमित्त प्रमुख अनुज श्रेष्ठले बताए त्यसैले पनि यस आयोजनालाई बहुवर्षीय योजनाको रुपमा प्रदेश सरकारले स्वीकृति दिनका लागि आफूहरुले कार्यालयको तर्फवाट कागजी प्रक्रिया प्रदेश सरकारसम्म पु¥याएकोले त्यसलाई स्वीकृत गराउन पह गरिदिन मुख्यमन्त्री कार्कीलाई श्रेष्ठले अनुरोध गरेका थिए

यस अघि प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पस स्थापना गर्न भन्दै ओखलढुामा जग्गा समेत खरिद गरिसकेको सरकार परिर्वतन भएपछि रोकिएको उक्त काम अब सुचारु हुने अपेक्षा गरिएको