नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

बुडोकन कपमा गोल्डमेडलिस्ट खत्री सम्मानित 

ओखलढुङ्गान्युज, २४ बैशाख । गत अप्रिल २८ मा सम्पन्न बुडोकन कपमा गोल्डमेडल प्राप्त गर्ने कुल खत्री सम्मानित भएका छन् । अमर आदर्श उच्च माध्यमिक बिद्यालय, भिमसेनगोला-३१, बानेश्वर‌ काठमाडौंमा कक्षा ८ मा अध्ययनरत खत्रीलाइ आइतबार एक कार्यक्रमका बीच विद्यालयले सम्मानित गरेको हो ।

सम्मानित भएका खत्रीको स्थायी घर मेलुङ्ग गाउँ पालिका दोलखा तथा बुबा कालुमान खत्री र आमा कमला खत्रीकम कान्छो छोरो हुन् । खत्री गत अप्रिल २८ मा दुबइमा भएको बुडोकन कपमा नेपालका तर्फबाट सहभागि भएका थिए । नेपाल लगायत भारत, पाकिस्तान, जापान, श्रीलंका, बङ्गलादेश, इन्डोनेसिया, लेबनान, काजिकास्तान, दुबइ लगायत १६ रास्ट्रहरुले भाग लिएको प्रतियोगितामा काटा र कुमेते तर्फ खत्रीले गोल्ड मेडल जित्न सफल भएका थिए ।

सम्मान कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य वसन्त बहादुर श्रेष्ठले खत्रीको उत्तरोत्तर प्रगतिको कामना सहित बधाई दिदै सम्मान गरेको विद्यालयका ब्यवस्थापक गोपाल बहादुर कार्कीले जानकारी दिए ।