नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

युवा संघ चम्पादेवीले भलिबल प्रतियोगिताको आयोजना गर्दै

फायल तस्विर

ओखलढुङ्गान्युज, २३ बैशाख युवाहरुको प्रिय संगठन युवा संघ नेपाल चम्पादेवी ओखलढुङ्गाले वडा स्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । युवा संघ नेपालको ३५औं स्थापना दिवसको अबसर पारेर युवा संघ नेपाल, चम्पादेवीले जेठ १ गते देखी वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

वडा स्तरीय भलिबल प्रतियोगिताका विजेता टिमलाई नगद रु ७७ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने युवा संघ नेपाल, चम्पादेवी गाउँकमिटिका अध्यक्ष प्रदिप खड्काले जानकारी दिए । त्यस्तै उपविजेतालाई पनि नगद रु ४४ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष खड्काले जानकारी दिए । प्रतियोगिताको सेमिफाईनलमा पुग्न सफल हुने दुवै टिमलाई भने नगद रु १५÷१५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष खड्काको भनाई छ ।

प्रतियोगिता जेठ ४ गते समापन हुनेछ । प्रतियोगिताको समापनको दिन विशेष सांगितीक कार्यक्रम सञ्चालन हुने राष्ट्रिय युवा विज्ञ परिषद सदस्य सुदर्शन कार्कीले जानकारी दिए । कार्कीका अनुसार समापनको दिन सञ्चालन हुने सांगितीक कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु बालकुमार श्रेष्ठ, विनय कार्की, अञ्जना सारु मगर तथा नविना सिलवाल ‘खुईली’ को प्रस्तुती रहने कार्कीले जानकारी दिए ।

युवा संघ नेपाल नेकपा एमालेको भातृ संगठन हो । समापन कार्यक्रमा नेकपा एमालेका केन्द्र तथा जिल्ला स्तरीय एवम् युवा संघ नेपालका केन्द्रिय स्तरीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।