नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

नक्कली परिचयपत्र भेटिएपछि रामपुर स्ववियु निर्वाचनमा लफडा

ओखलढुङ्गान्युज । ५ चैत, मोलुङ । आज देशव्यापी रुपमा भैरहेको स्ववियू निर्वाचन ओखलढुङ्गाको शहिद आदर्श क्याम्पसमा रामपुरमा पनि भैरहेको छ । निर्वाचन अन्तर्गत मतदान कार्य जारी रहदा विवाद भएपछि दिउँसो १२:३० बजेदेखि मतदान कार्य स्थगित भएको छ ।

मतदानको क्रममा एकजना विद्यार्थीले नक्कली परिचयपत्र बनाएको फेला परेपछि भएको विवादका कारण मतदान कार्य स्थगित भएको हो । मतदानको लागि आउने विद्यार्थीले आफ्नो पहिचान खुल्ने सक्कली कुनै प्रमाणपत्र देखाउनु पर्ने नियम बनाएको थियो । सोहि सक्कली कागजपत्र देखाउने क्रममा क्याम्पसले दिएको परिचय पत्र फर्जी भएको तथा क्याम्पस प्रमुखको हस्ताक्षर पनि नक्कली भएको पाइएको थियो ।

क्याम्पसले हालसम्म जम्मा ८ थान मात्र परिचयपत्र वितरण गरेको जनाएको छ । तर मतदानको लागि आउने विद्यार्थीले ति भन्दा धेरै परिचय पत्र प्रयोग गरेर मतदान गरेपछि खोजी भएको थियो । पछिल्लो पटक प्रयोग गरेको परिचयपत्रमा आफ्नो नक्कली हस्ताक्षर भएको क्याम्पस प्रमुखले बताएपछि नक्कली परिचयपत्र बोक्ने विद्यार्थीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । 

सोहि विवाद पछी रोकिएको मतदानको बारेमा छलफल जारी छ । यो समाचार तयार पार्दासम्म १७६ मत खसेको र मतदान कार्य स्थगित भएको छ । क्याम्पसमा ३२६ मतदाता रहेका छन् ।