नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

चम्पादेवीका महिला जनप्रतिनिधिहरुलाई दोश्रो चरणको प्रशिक्षण

ओखलढुङ्गान्युज ३० फागुन, चम्पादेवी जिल्लाको चम्पादेवी गाउँपालिकाका नवनिर्वाचित महिला जनप्रतिनिधिलाई दोश्रो चरणको क्षमता विकासको प्रशिक्षण प्रदान गरिएको छ । दलित महिला केन्द्र नेपालको ‘शि लिड्स’ परियोजनाले महिला जनप्रतिनिधिहरुलाई दोस्रो मोड्युअलको ४ दिने प्रशिक्षण शोमबार सम्पन्न गरेको हो ।

दोस्रो मोड्युअलको प्रशिक्षण कार्यक्रममा गाउँपालिका उपप्रमुख सहित १९ जना महिला वडा सदस्यहरुले सहभागिता जनाएका थिए । प्रशिक्षण कार्यक्रम फागुन २६ देखि २९ सम्म गाउँपालिकाको सभाहलमा नै सन्चालन भएको परियोजनाका जिल्ला कार्यक्रम अनुगमन अधिकृत बुना बिकले जानकारी दिईन् ।

प्रशिक्षण कार्यक्रम सञ्चालन भैरहेको अबस्थमा अनुगमनमा आइपुगेका गाउँ पालिकाका अध्यक्ष नवराज केसीले परियोजना मार्फत सञ्चालन भएको प्रशिक्षणको प्रशंसा गरेका थिए । प्रशिक्षण कार्यक्रमले महिला जनप्रतिनिधिहरुको क्षमता विकास भएको भन्दै यस्ता कार्यक्रममा सबै महिला जनप्रतिनिधिहरु सहभागी गराउने अध्यक्ष केसीले प्रतिबद्धता जनाएका छन् । प्रशिक्षणमम सिकेका कुरा ब्यबहारमा लागु गर्न र वडाबाट आएका विषयलाई आफुले सम्बोधन गर्ने प्रतिबद्धता जनाए थिए ।

शि लिड्स परियोजना चम्पादेवी गाउँपालिकामा आर्थिक वर्ष २०७९-८० लागु भएको हो । विशेष गरी महिला तथा दलित महिलाहरुको राजनीतिमा अर्थपुर्ण सहभागिताका लागि जिल्लामा ‘शि लिड्स’ परियोजना लागु गरिएको दलित महिला केन्द्र नेपालले जनाएको छ । प्रशिक्षण कार्यक्रम प्रशिक्षकद्वय मैया राई र देवेन्द्रकुमार राईले प्रशिक्षण दिएका थिए ।