नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

दोलखाका पत्रकार एवम् सामाजिक अभियान्ता भुजेलको निधन

ओखलढुङ्गान्युज । २३ फागुन, काठमाण्डौं । दोलखाका अग्रज पत्रकार एवम् सामाजिक अभियान्ता शेर बहादुर भुजेलको निधन भएको छ । हृदयघातका कारण उनको मृत्यु भएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए। 

भृतक भुजेल दोलखामा सञ्चालित कालिन्चोक एफएमका संस्थापक एवम् समाचार प्रमुख हुन् । त्यस्तै भुजेल ई–दैनिक खबरका सम्पादक तथा प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी सदस्य तथा दोलखा इन्चार्ज समेत रहेका थिए ।

मृतक भुजेल लामो समयदेखि दोलखामा निरन्तर रुपमा सामाजिक विकास तथा शुशासनका क्षेत्रमा आवाज उठाउने तथा अभियान सञ्चालन गर्ने सामाजिक अभियान्ता हुन् । भुजेलको मुटुमा केहि समस्यासँगै प्रेसरका रोगी समेत रहेका थिए । मृतक भुजेलका श्रीमती,  एक छोरा र एक छोरी छन् ।