नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

चिशंखुगढी बोलेरो दुर्घटना अपडेट : २ जनाको मृत्यु, १० जना गम्भिर 

ओखलढुङ्गान्युज । २१ फागुन, ओखलढुङ्गा । आइतबार विहान चिशंखुगढी गाँउपालिकाको वडा नं. ३ दियालेमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा चिशंखुगढी गाउँपालिका – ३ का बर्ष ५२ को मिन बहादुर श्रेष्ठको र खानिभन्ज्याङ बस्ने बर्ष- ७० का भक्त बहादुर थापा रहेका छन् ।

बोलेरो दुर्घटनामा परि बोलेरोमा सवार चालक सहित १४ जना मध्ये दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ‌। त्यस्तै गाडीमा ‌सवार अन्य १० जनाको अबस्था गम्भिर रहेको र २ जनाको अबस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । खानिभञ्यांङबाट ओखलढुङ्गा आउदै गरेको उक्त बोलेरो गाडि अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरी दुर्घटना भएको प्रहरीले जनाएको छ । आइतबार विहान करिब ८ बजेतिर चिशंखुगढी गाउँ पालिका ३ दियालेको राउटार भन्ने स्थानमा ना १ ज ८४८३ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि गम्भिर घाइते हुनेहरुमा चिशंखुगढी ३ का वर्ष २५ काे बोलेरो चालक सुमन कार्की, सिद्धिचरण नगरपालिका -१० बेतिनीका वर्ष ४० कि तुलसा धमला, उनको छाेरा वर्ष २ काे बिनय धमला, चिशंखुगढी -३ दियालेका वर्ष ५० कि तिर्थ लक्ष्मी श्रेष्ठ, वर्ष ४० काे केन्द्र बहादुर कार्की रहेका छन् । त्यस्तै चिशखुगढि २ पोखरेका वर्ष १३ कि आयुसा श्रेष्ठ दियालेकी वर्ष २६ कि सर्मिला श्रेष्ठ, उनको छाेरी वर्ष ४ कि लरिसा श्रेष्ठ, वर्ष २२ काे खेम बहादुर खत्री रहेका छन् ।

दुर्घटनामा परि माेलुङ गाउँपालिका -१ कुन्तादेवीका वर्ष ३५ कि जानुका धमला र उनको छाेरा वर्ष ४ काे काेसिस धमला भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए ।

गम्भिर घाइते भएका १० जना मध्ये ३ जनालाई सिम्रिक एयरलाइन्सको हेलिकप्टरबाट काठमाडौं पठाइसकिएको र अन्यलाई पनि उपचारका लागि काठमाडौँ पठाउन नेपाली सेनाको हेलिकोप्टर झिकाइएको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए । सामान्य घाइते भएकाहरुलाई पनि थप उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।