नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

ओखलढुङ्गाको चिशंखुगढीमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु, ८ घाइते

ओखलढुङ्गान्युज । २१ फागुन, ओखलढुङ्गा । आइतबार विहान चिशंखुगढी गाँउपालिकाको वडा नं. ३ दियालेमा बोलेरो जिव दुर्घटनामा परेको छ । बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार मध्ये २ जनाको मृत्यु भएको र अन्य ८ जना घाईते भएको अपुष्ट समाचार प्राप्त भएको छ । यद्यपी मृत्यु भएको बारेमा पुष्टि हुन बाँकि छ ।

चिशंखुगढी ३ दियाले बाट यात्रुहरु लिएर ओखलढुङ्गा तर्फ आउदै गरेको बोलेरो आइतबार विहान ८ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पुष्टि गरेको छ । बोलेरोमा १० जना सवार रहेको र केहिको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

दुर्घटनाको बारेमा जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक देवेन्द्र दासको नेतृत्वमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए । स्थानीयबासीले दुर्घटनामा परेकाहरुको उद्धार गर्दै नजिकैको स्वास्थ्य संस्थामा पठाइरहेका छन् ।

दुर्घटनाको पुष्टि गर्दै चिशंखुगढी गाँउपालिकाका अध्यक्ष निशान्त शर्माले घाइतेहरूको उद्दार कार्य जारी रहेको जानकारी दिए । केहि घाइतेहरुको अवस्था अत्यन्तै गम्भीर रहेकोले उपचारका लागी काठमाडौँ लैजान हेलिकप्टर झिकाइएको पनि गाउँपालिका अध्यक्ष शर्माले बताए । 

घटनाको बारेमा विस्तृत जानकारी आउन बाँकी छ ।