नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

आज “कोशी” प्रदेशमा सार्वजनिक विदा

ओखलढुङ्गान्युज । १८ फागुन, ओखलढुङ्गा । कोशी प्रदेश सरकारले आज प्रदेश भित्र सार्वजनिक विदा दिएको छ । 

फागुन १७ गते प्रदेश नं. १ लाई “कोशी” नामांकरण गरेको खुशीयालीमा फागुन १८ गतेलाई प्रदेश भित्रका सबै सरकारी तथा गैरसरकारी संघ संस्थाहरु, कार्यालयहरुमा विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकार घोषणा भएको ६३ महिनापछि चौथो मुख्यमन्त्रीको पालामा प्रदेशको नाम जुरेको हो । बुधबार संसदमा पेश भएको प्रदेशको नाम जुराउने क्रममा कोशीको पदमा ८२ मत तथा जिपमा ४ मत परेको थियो ।