नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

सुनकोशी गाउँपालिकाका १ सय २४  जनामा क्षयरोगको स्कृनिङ परीक्षण

ओखलढुङ्गान्युज १७ फागुन, काठमाण्डौं जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. २ बलखुका १ सय २४ जना नागरिकहरुमा क्षयरोगको कन्ट्रयाक्ट टे«सिङ (स्कृनिङ परीक्षण) गरिएको छ । केहिदिन अगाडी गाउँपालिकाको वडा कार्यालयमा नै दुईदिने शिविरको आयोजना गरि क्षयरोगको स्कृनिङ परीक्षण गरिएको हो ।

१ सय २४ जनाको स्कृनिङ परीक्षण गदा ५१ ज्नामा संकास्पद लक्षण देखिएकोले उनीहरुको स्वाबलाई जीन टेष्टका लागि काठमाण्डौ पठाईएको सुनकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नेत्र बहादुर कटवालले जानकारी दिए । पालिका स्वास्थ्य शाखा प्रमुख कटवालका अनुसार जीनको परीक्षणको रिपोर्ट आएपछि संकास्पद लक्षण देखिएकाहरुलाई फलोअप गर्दै आवश्यक परेमा क्याम्पमा नै राखेर उनीहरुको उपचार गरिनेछ । जीन परीक्षणका क्रममा क्षयरोग पुष्टि भएका विरामीहरुलाई नेपाल सरकार मार्फत उपलब्ध हुने औषधी उपचारको निशुल्क हुने स्वास्थ्य शाखा प्रमुख कटवालले बताए ।

स्कृनिङ परीक्षण शिविरमा राष्ट्रिय क्षयरोग निवारण केन्द्र काठमाण्डौंका डा. नविन प्रकाश शाह, ल्याब टेक्नोलोजिष्ट सन्तराम रजौरा र ल्याब टेक्निसियन सपना श्रेष्ठको सहभागिता रहेको थियो । सुनकोशी गाउँपालिकाले क्षयरोग नियन्त्रण कार्यक्रम अन्तर्गत दुईदिने क्षयरोग स्कृनिङ परीक्षण शिविरको आयोजना गरेको हो ।