नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

भारतमा ‘रेलको बाटो’ ले पायो पाँच अवार्ड

ओखलढुङ्गान्युज १५ फागुन, काठमाण्डौं भारतमा आयोजना भएको एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ उत्कृष्ट बन्दै पाँचओटा अवार्ड जितेको छ । ‘बाबासाहेब डा. बी. आर. अम्बेडकर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को तेस्रो संस्करणमा नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ले विभिन्न पाँचवटा अवार्ड जितेको हो ।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट भिडियो, उत्कृष्ट भिडियो निर्देशक, उत्कृष्ट शब्द रचना, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको भिडियोका निर्देशक लक्ष्मण सुनारले जानकारी दिए । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नै भिडियो उत्कृष्ट बनेपछि नेपाली अवार्डले नचिनेको मेहनत र परिश्रम विश्वले चिनेको मोडल चिरञ्जीवि सापकोटाले बताए ।

निर्देशक सुनारका अनुसार यो महोत्सवको प्रेरक म्युजिक भिडियो श्रेणी अन्तर्गत विजेता बनेको हो । नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ २१ मार्च २०२१ मा युट्युव मार्फत सार्वजनिक भएको थियो । लेखराज गिरीको शब्द एवम् सुरज पण्डितको स्वर तथा संगीत रहेको यस भिडियोमा चिरञ्जीवि सापकोटासँगै सरस्वती खत्री र लक्ष्मण देवकोटाले अभिनय गरेका छन् ।

गीतलाई यहाँवाट पनि सुन्न र हेर्न सकिन्छ ।