नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

राष्ट्रिय बाणिज्य बैंक ओखलढुङ्गाले गर्यो उत्कृष्ट दुई निक्षेपकर्तालाई सम्मान

ओखलढुङ्गान्युज फागुन, ओखलढुङ्गा राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ओखलढुङ्गाले दुईजना निक्षेपकर्तालाई सम्मान गरेको छ । आफ्नो बार्षिकोत्सको अबसर पारेर बैंकले निक्षेपकर्तालाई सम्मान गरेको हो ।

आफ्नो ५८ औं बार्षिकोत्सवको अबसर पारेर बैंकले निक्षेपकर्ता मध्ये उत्कृष्ट दुईजनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नं. १२ का गोविन्द श्रेष्ठ र सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरेका नवराज बानिया रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ओखलढुङ्गाका शाखा प्रबन्धक सुवास निरौलाले जानकारी दिए ।

बैंकले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । बैंकको बार्षिकोत्सव माघ १० गते भएपनि प्रदेश कार्यालयवाट प्रमाणपत्र आईपुग्न समय लागेकोले बैंकले आज उनीहरुलाई सम्मान गरेको हो ।