नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ठेकेदार प्रतिनिधी सुवेदीको अभिव्यक्ति प्रति युवा संघ ओखलढुङ्गाको आपत्ति

ओखलढुङ्गान्युज । १९ माघ, ओखलढुङ्गा । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले ठेकेदार प्रतिनिधीले स्थानीय तहका जनप्रतिनिधी माथि धम्कीपूर्ण भाषामा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । युवा संघ ओखलढुङ्गाका जिल्ला संयोजक विनोद खत्रीले विहिबार (आज) एक विज्ञप्ती जारि गर्दै ठेकेदार प्रतिनिधीका अभिव्यक्ति प्रति आपत्ती जनाएका हुन् । 

जिल्लाको लिखु गाउँपालिकाको वडा नं. २ सिंहदेवी देखी चम्पादेवी गाउँपालिकाको वडा नं. ६ घोराखोरी सम्म पिच गर्ने कामको ठेक्का लिएको ठेकेदार कम्पनी रामेछापको कान्छाराम कन्ट्रक्सनका प्रतिनिधी ओखलढुङ्गा कांग्रेस नेता राजन सुवेदीले लिखु गाउँपालिकाका उपाध्यक्षलाई गालिगलौज गरेको भन्दै आपत्ति जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘अलपत्र सडकका काम शुरु गनेए भनेर ठेकेदारको प्रतिनिधी बनेर आएका राजन सुवेदीले सांसद तथा स्थानीय तहका जनप्रतिनिधहिरुमाथि धम्कीपूर्ण भाषामा दिएको अभिव्यक्ति र गालीगलौज खेदजनक छ । लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले सडक अलपत्र पारिनुका कारण बारे उठाएको सवाललाई लिएर काम अलपत्र पार्ने ठेकदार कम्पनीका प्रतिनिधी निज राजन सुवेदीले दिएको धम्की र गालिगलौजपूर्ण अभिब्यक्ति एकजना महिला जनप्रतिनिधी विरुद्ध मात्र नभई समग्र महिलाहरुमाथिको प्रहार भएको हाम्रो ठहर छ ।’

विज्ञप्तीमा भनिएको छ, ‘सार्वजनिक ठाँउमा महिलामाथि दिएको त्यस्ता अभिव्यक्ति सच्याउन र ठेकेदार कम्पनीको जिम्मेवारी पूरा गर्न सचेत गराउदछौं ।’ आफ्नो दायीत्ववाट पन्छेर सांसदलाई साछि राखी महिला विरुद्ध दिईएको अराजक अभिव्यक्ति प्रति निज ठेकदारलाई जिम्मेवार बनाउन समेत विज्ञप्ती मार्फत स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

करीब ६ वर्ष अगाडी ठेक्का लागेको साँघुटार घोराखोरी सडकको पिच गर्ने काम हालसम्म अलपत्र अबस्थामा छ । पिच गर्ने ठेक्का लिएको कान्छाराम कन्ट्रक्सनका सञ्चालक कान्छाराम तामाङ हाल रामेछापवाट संघिय प्रतिनिधी सभामा निर्वाचित भएका छन् ।

ओखलढुङ्गावाट निर्वाचित संघिय प्रतिनिधीसभाका सांसद रामहरि खतिवडाले गत शोमबार देखी पिचको काम सुरु भएको बताएका थिए । तर सांसदले सुरुवात भयो भनेको उक्त पिचको काम सांसद खतिवडाले बताएको एकहप्ता वित्न लाग्दा पनि सुरुवात हुन नसकेको स्थानीयले बताएका छन् ।

विज्ञप्ती